काठमाडौं, फागुन ३० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘कोरोना’ संक्रमण हुन नदिन सरकारले अन्तर्राष्ट्रिय अभ्यासअनुसार सजगता अपनाइरहेको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गत् अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा मन्त्री भट्टराईले विमानस्थल, सीमानाकालगायतका ठाउँहरुमा अन्तर्राष्ट्रिय अभ्यासअनुसारकै चेकजाँचको व्यवस्था गरिएको बताए ।
कोरोना संक्रमण नरोकिएसम्मका लागि अन्तर्राष्ट्रिय उडानहरु रोक्ने विषयमा पनि छलफल भइरहेको पनि उनले बताएका छन् ।
नेपाल वायुसेवा निगमले खरिद गरेको ‘वाइडबडी’ र ‘न्यारोबडी’ विमानमा भएको भ्रष्टाचारको विस्तृत अध्ययन भइरहेको भन्दै उनले छिट्टै सत्यतथ्य बाहिर आउने बताए ।









प्रतिक्रिया दिनुहोस्