Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो ‘अनमोल जीवन’ बीमा योजना


234
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ अनमोल जीवन नामको नयाँ जीवन बीमा योजना ल्याएको छ ।

कम्पनीले मुनाफामा सरिक हुने सावधिक तथा आजिवन जीवन बीमा ल्याएको हो ।

मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न सावधिक र आजिवनको विशेषता भएको योजना बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

बीमा अवधि समाप्ती पश्चात पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु यो योजनाको थप विशेषता रहेको कम्पनीले जनाएको छ ।