काठमाडौं, फागुन २९ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत् सुडान जान लागेका करिब सात सय नेपाली सेनाको टोली अन्तिम अवस्थामा रोकिएको छ ।
शान्ति मिसनका लागि गत फागुन २५ गते नै त्यसतर्फ उड्नुपर्ने नेपाली सेनाको टोली अन्तिम अवस्थामा रोकिएको नेपाली सेनाले जनाएको छ ।
युएन हेडक्वार्टरले ‘कोरोनाभाइरस’को महामारीलाई मध्यनजर गर्दै अन्तिम अवस्थामा रोकिएको हो ।
संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापना कार्यको लागि फौज पठाउने विश्वका १२२ देशमध्ये नेपाल चौथो देशमा पर्छ ।
हाल संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विभिन्न १२ वटा द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ छन् ।
मिसनमा नेपालसहित चीन, भारत, कम्बोडिया, दक्षिण कोरियालगायतका ६ देशका सेनालाई नपठाउन भनिएको हो ।









प्रतिक्रिया दिनुहोस्