Logo २० असार २०८३, शनिबार | Sun Jul 5 2026


पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम बिस्फोट,पर्खालमा क्षति (६ फोटोमा हेर्नुहोस्)


0
Shares

काठमाडौं ।पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरमा बम विस्फोट भएको छ । 

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँट नजिकै निर्माणाधीन घरको पर्खालमा आज बिहान पौने आठ बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

विष्फोटबाट घरको पर्खाल र सीसामा क्षति पुगेको भक्तपुरका प्रहरी प्रमुख एसपी सविन प्रधानले जानकारी दिए ।

विष्फोटका कारण नजिककै दुई वटा घरको झ्यालको सिसा र एउटा भ्यानमा पनि क्षति पुगेको छ ।

ठूलो आवाज निस्किएर बम विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् । विष्फोट कसले र किन गरायो भन्ने खुल्न सकेको छैन ।

विष्फोटबारे अनुुुुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

आज चन्द समूहलाई प्रतिबन्ध लगाएको एक वर्ष पुगेको छ ।

२०७५ फागुन २८ गते सरकारले चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाउँदै पक्राउ र खोजी कार्य जारी राखेको छ। 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा एक विचौलियासँगको अडियो सम्वाद बाहिरिएपछि बाँस्कोटाले फागुन ८ गते राजीनामा दिएका थिए ।