काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेला, बैठक र भेटघाट नियमित नै हुने हो ।
तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट ल्याइएपछि केही समय भने अस्वस्थ कसैले पनि भेट्न पाउने छैनन् । भेला, बैठक र भिडभाड हुने छैन् ।
मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पतालबाट ल्याइएपछि वातावरणका कारण कुनै प्रकारका संक्रमण हुन नदिन बालुवाटारमा नयाँ सेटअप गर्न लागिएको हो ।
त्यसका लागि निवासभित्र र परिसरको विशेष सरसफाइ गरिदैछ । संक्रमणका स्रोतहरुको पुर्ण निर्मलीकरणका उपाय अवलम्बन गरेपछि मात्र ओलीलाई डिस्चार्ज गर्ने तयारीमा चिकित्सक छन् ।
प्रधानमन्त्री निवास पहिलाभन्दा केही सानो भएकाले सबै प्रकारको व्यवस्था मिलाउन कर्मचारीलाई हम्मे परिरहेको छ, “कसलाई कहाँसम्म जान दिने र कहाँ बसेर बैठक भेटघाट गर्ने भन्ने सेटअप मिलाइँदै छ”, स्रोतले भन्यो, “मन्त्रिपरिषद बैठकदेखि अन्य महत्वपुर्ण बैठक गर्नैपर्छ । भेटघाट हुन्छ । त्यस्तोमा कसलाई कतिसम्म नजिक जान दिने भन्ने चाँजोपाँजो मिलाइँदै छ ।”
बालुवाटारको प्रधानमनत्री निवास हातामा दुई मुख्य भवन थिए । प्रधानमन्त्री निवास र मुख्य सचिव निवास । प्रधानमन्त्री निवास रहेको पुरानो भवन भत्काएर नयाँ निर्माण सुरु गरिएपछि प्रधधानमन्त्री ओलीको बसाइ मुख्य सचिव निवासमा छ । कान्तिपुर दैनिकबाट ।










प्रतिक्रिया दिनुहोस्