Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


कोरोना महामारीप्रति अझै सचेतनाको खाँचो


65
Shares

काठमाडौं । नेपाल लगायतका मुलुकमा कोरोना संक्रमण न्यून हुँदै गएको अवस्थामा चीनमा भने केही दिनदेखि कोरोना संक्रमितको संख्या बढेको छ । चीनले संक्रमित क्षेत्रका विद्यालय बन्द गर्नुका साथै संक्रमण भएर निको भइसकेकालाई पनि पुनः परीक्षण शुरू गरेको छ ।

यता नेपालमा भने ‘कोरोना केही होइन, साधारण रुघाखोकी हो, आउँछ जान्छ’ भनेझैं गरी राजनैतिक दलका उच्च पदस्त व्यक्ति, कार्यकर्ताका साथै सर्वसाधारणले हेलचेक्र्याइँ गर्न थालेको भन्दै स्वास्थ्यकर्मीले त्यसो नगर्न सुझाव दिएका छन् । उनीहरूले चीनले फेरि कोरोना फैलन सक्ने चेतावनी दिइरहँदा नेपालमा सुरक्षाको मापदण्ड नअपनाउने हो भने पहिलो र दोस्रो लहरको जस्तै तेस्रोपटक महामारी फैलिन सक्ने चेतावनी दिएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनाविरुद्धको खोप लगाउनु फाइदाजनक भएको बताए पनि खोपले कति अवधिसम्म काम गर्छ भन्ने विषयमा केही बोलेको छैन । त्यसै गरी नेपालमा ६० प्रतिशतले खोप लगाएको तथ्यांक सार्वजनिक गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकीले खोप लगाउन किन मन पराएन भन्ने निष्कर्ष उल्लेख गरेको छैन ।
४० प्रतिशत खोप लगाउन बाँकी रहेका नागरिकमा १२ वर्षमुनिका बालबालिका पनि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५ वर्षमाथिका बालबालिकालाई खोप लगाउने विषयमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको स्वास्थ्य मन्त्रालयस्रोतले जनाएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।