
एजेन्सी । विश्वका सय भन्दा बढी मुलुकमा फैलिएको कोरोनाभाइरसको संक्रमण दर पुरुष भन्दा महिला र बालबालिकामा कम हुने गरेको एक अध्ययनले देखाएको छ ।
चीनको सेन्टर्स डिजीज कन्ट्रोलले हालै ४४ हजार कोरोना संक्रमितहरु बीच गरिएको अध्ययनमा २ दशमलव ८ प्रतिशत पुरुषमा र महिला तथा बालबालिकामा १ दशमलव ७ प्रतिशत संक्रमण भेटिएको तथ्यांक सार्वजनिक गरेको छ ।
साथै सो अध्ययनले कोरोना संक्रमणका कारण मृत्यु हुनेमा १५ प्रतिशत ८० बर्षमाथिका रहेको पनि देखाएको छ ।
साथै अध्ययनले महिला र बालबालिकाको प्रतिरोधात्मक क्षमता पुरुषको तुलनामा बढी हुने भएकाले पनि मृत्युदर घटेको अध्ययनको निष्कर्ष छ ।
यसैबीच किंङस् कलेज अफ लन्डनका डाक्टरले गरेको एक अध्ययनले पनि पुरुषको तुलनामा महिलाहरुले धुम्रपान र मध्यपान कम गर्ने हुनाले र बालबालिकालाई सफासुग्घर राख्ने कार्यमा महिलाहरुले भूमिका निर्वाह गरेका कारण पनि प्रतिरोधात्मक क्षमता बढी भएको देखाएको छ ।
यद्यपि पाँच बर्षमुनिका बालबालिका भने बढी संक्रमित हुने गरेको अध्ययनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्