काठमाडौं । अन्य श्रम गन्तव्यको तुलनामा विगत ३ वर्षमा यूएई जान नेपालस् महिलाले सबैभन्दा बढी श्रमस्वीकृति लिएको पाइएको छ । खाडीका अन्य श्रम गन्तव्यको तुलनामा यूएईका रोजगारदाताले भिजिट भिसामा गएका विदेशीलाई श्रम स्वीकृति जारी भएको हो । यसमा पुरुष श्रमिकको संख्या समेत उल्लेख्य रहेको विभागको तथ्यांकमा छ ।
रोजगारबाहेक अन्य भिसामा गएर निश्चित समय काम गरेर रोजगारदाताबाट श्रम सम्झौतापत्र लिई नेपाल फर्किएर पुनः रोजगार जाने श्रमिकले वैधानिकीकरणका आवेदन दिएर श्रम स्वीकृति लिने प्रावधान रहेको छ । वैदेशिक रोजगार विभागले विगत ३ वर्षमा जारी गरेको वैधानिकीकरण श्रमस्वीकृतिमध्ये सबैभन्दा बढी यूएईमा १ हजार ७१७, अमेरिका १३६, जापान ७१, कतार ९६ र बेलायत ४० जनो महिलाले सो देशमा जान वैधानिकीकरण श्रम स्वीकृति लिएको पाइएको छ ।
यूएईको तुलनामा कतारको सेवासुविधा समान भए पनि यूएई जान वैधानिकीकरण श्रमस्वीकृति लिने श्रमिकको संख्या १८ गुणा बढी देखिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरुङ्ग यूएईले भिजिट भिसामा जाने विदेशीलाई रोजगारीका लागि सहज खनुमति दिने गरेका कारण अन्य भिसामा यूएई गएर काम गर्ने नेपालीको संख्या बढी देखिएको बताए ।
यो समाचार आजको कारोबार देनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्