Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


आचारसंहितामा कडाई गर्दै निर्वाचन आयोग


507
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि धमाधम तयारी गरिरहेको निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा अघिल्ला वर्ष भन्दा कडाई गर्ने नीति लिएको छ ।

दललाई शुक्रबार स्थानी तहको निर्वाचनको लागि उम्मेद्वारले गर्न पाउने खर्चको सिलिङ बारे जानकारी दिएको आयोगले निर्वाचनमा हुने खर्च कम गर्न निर्वाचनलाई भड्किलो बनाउनबाट रोक्न आचारसंहिता पनि कडाई गर्ने नीति लिएको हो ।

आयोग स्रोतका अनुसार यसपटकको स्थानीय तह निर्वाचनमा दल तथा दलका उम्मेद्वारले अघिल्ला निर्वाचनमा जस्तो पोष्टर-पम्प्लेटमार्फत प्रचार-प्रसार गर्न पाउने छैनन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।