६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


बागमती प्रदेश खेलकुद प्रतियोगिताको तयारी पुरा, भाेलि उद्घाटन हुँदै


455
Shares

हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले प्रथम खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ।

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा हुन लागेको प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको तयारी पुरा भएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले बताउनुभयो । प्रदेश राजधानी हेटौंडामा (भाेलि) शनिबार बृहत रुपमा खेलको उद्घाटन गरिने उहाँले बताउनुभयो ।

हेटौंडाको क्याम्पाचौरमा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुती, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न झाँकी तथा साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिदैं प्रतियोगिताको उद्घाटन गरिने भण्डारीले बताउनुभयो ।

मकवानपुर, चितवन, काभ्रे, काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा विभिन्न खेलको प्रतियोगिता गराइने उहाँले बताउनुभयो । उहाँका अनुसार मकवानपुरमा यहि फगुन २९ गतेबाट पुरुष फुटबल, व्याडम्निटन र आगामी चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा ३० गतेदेखी भलिबल र क्रिकेट खेल सुरु हुने बताउनुभयो ।

सिन्धुपाल्चोकमा भने चैत्र ७ गतेबाट कराते खेल हुनेछ भने काठमाडौंमा आगामी चैत्र ६ गतेदेखी एथलेटिक्स प्रतियोगिता हुने जनाइएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखी महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव भण्डारीले बताउनुभयो ।

प्रतियोगिताको लागि ८ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दा बढी खेलाडीले सहभागिता जनाउनेछन् ।

खेलको समापन कार्यक्रम आगामी चैत्र १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।