२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


चीनमा क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको पाँच तले होटेल भत्कियो, चार जनाको मृत्यु, ४० जनाको उद्धार


0
Shares

एजेन्सी । चीनको ग्वान्जाओमा क्वारेन्टाइनको रुपमा प्रयोग हुँदै आएको सिञ्जिया होटेल भत्कँदा चार जनाको मृत्यु भएको छ । ७० जना फसेका छन् ।

४० जनालाई उद्धार गरिएको छ । उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सन् २०१८ मा निर्मित उक्त होटलमा ८० वटा पाहुना कक्ष रहेका थिए ।

होटलमा रहेका ७० जना कोरोना संक्रमितको सम्पर्कमा आएका कारण उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

होटेल भत्कनुको कारण भने खुल्न सकेको छैन ।