Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


आठ महिनामा चार लाखले लिए श्रमस्वीकृति


91
Shares

काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ४ लाख पुगेको छ । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा दोब्बर बढी हो ।

कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको सुधारका कारण कोरोना संक्रमणका बीच समेत नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उल्लेख्य वृद्धि भएको छ । गत वर्षको यही अवधिको तुलनामा चालू आवको फागुनसम्म लगभग दोब्बर भन्दा बढीले वृद्धि भएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

गत वर्षको फागुनसम्म १ लाख १५ हजार ३१५ रहेको चालू आवमा ३ लाख ९३ हजार ४५७ युवाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभाग ताहचल कार्यालयका कम्प्युटर इन्जिनियर अर्जुन यादवले जानकारी दिए ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।