काठमाडौं । युक्रेनका ११ वर्षीय बालकले करिब ७ सय माईलको यात्रा गरेर स्लोभाकिया पुगेको घटना निकै चर्चामा रहेको छ ।
रुस र युक्रेनबीचको युद्ध जारी रहेकै बेला युक्रेनका ११ वर्षीय बालक स्लोभाकिया पुगेको घटना उत्तिकै हृदयविदारक पनि छ । एउटा प्लाष्टिकको झोला, राहदानी अनि हातमा टेलिफोन नम्बर लेखेर ती बालककी आमाले नै छोरालाई युद्धबाट बचाउन रेल चढाएर बिदाई गरेको जनाइएको छ ।
गहभरी आँसु बोकेर एक्लै हिंडेका ती बालककी आमा युलिया पिसेत्स्कायाले गत हप्ता रुसी सेनाको आक्रमणमा परेको आणविक प्लान्ट नजिकको सहरबाट आफ्नो छोरालाई स्लोभाकिया जाने रेल चढाएकी हुन् ।
आफ्नी वृद्धा आमा अस्वस्थ भएका कारण आफू युक्रेन छाड्न सक्ने अवस्थामा नहुँदा उनले छोरालाई ज्यान जोगाउनकै लागि एक्लै यात्रामा पठाएकी हुन । स्लोभाकियाकाको सीमामा पुगेपछि गार्डहरुले सोध्दा ती बालकले आफ्नो नाम हिरो भनी बताएकाथिए ।
बालकको हातमा स्लोभाकियाको राजधानी ब्राटिस्लाभामा रहेका आफन्ताहरुको फोन नम्बर लेखिएको थियो जसका कारण अधिकारीहरुले तिनीहरुलाई ट्रयाक गर्न सक्षम भएकाथिए ।
आफ्नो छोरा सकुशल स्लोभाकिया पुगेकोमा यता युक्रेनमा रहेकी आमाले छोराको ज्यान बचाईदिएकोमा आभारी छु भन्दै स्लोभाकियालीहरुलाई धन्यवाद दिएकी छन् ।
‘तिम्रो सानो देशमा ठूलो मन भएका मान्छेहरु छन्” भनिदिएको प्रतिक्रियाले स्लोभाकियाका जनता पनि भावविह्वल भएका छन् ।









प्रतिक्रिया दिनुहोस्