
काठमाडौं, फागुन २२ । सरकारले ‘कोरोना’ संक्रमणका कारण अर्थतन्त्रमा परेको प्रभावबारे अध्ययन गर्ने भएको छ ।
बिहीबार सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोेरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावबारे अर्थ मन्त्रालयको उच्चस्तरीय टोलीले नै अध्ययन गरिरहेको जानकारी दिए ।
यस विषयमा राष्ट्र बैंकलेसमेत अध्ययन गरिरहेको डा. खतिवडाले बताए ।
अर्थमन्त्री डा. खतिवडाले सेयरबजारमा नीतिगत सुधार गरिरहेको भन्दै बजार ‘सेन्टिमेन्ट’लाई व्यक्ति विशेषसँग जोड्न नहुने पनि बताए ।
सरकारले सेयरबजारमा सुधार गरिरहेको र आगामी दिनमा पनि नीतिगत सुधारमा जोड दिने उनले उल्लेख गरे ।
मन्त्री डा. खतिवडाले सेक्युरिटी प्रिन्टिङ प्रेस, स्टिकर, पासपोर्टको खरिद प्रक्रिया खुला प्रतिस्पर्धा र प्रचलित कानुनबमोजिमबाट मात्रै अघि बढाइने स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्