Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने


130
Shares

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने भएको छ । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी सोको जानकारी दिएको हो । निर्वाचनसम्बन्धी छपाइ सामग्री निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखाना र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकोप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरू सूचीकृतका लागि सार्वजनिक सूचना गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

सहप्रवक्ता अर्यालका अनुसार मतदाता नामावली अद्यावधिक दाबी विरोधको समेत कार्यक्रम सञ्चालन भइरहेको छ । मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै पनि मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र निवेदन दिन आग्रह गर्ने र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिने तथा उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने निर्णय भएको आयोगले जनाएको छ ।

मृत्यु भएका, बसाइसराइँ गरेर अन्यत्र गएकाहरूको बारेमा उजुरी पर्यो भने ती नाम मतदाता नामावलीबाट हटाइने सहप्रवक्ता अर्यालले जानकारी दिनुभयो । त्यसका लागि १ करोड ७८ लाख मतदाता नामावली स्थानीय तहहरूमा पठाइएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।