 
	    जनकपुर, फागुन २२ । प्रदेश २ को नामाकरणको टुंगो मतदानबाट हुने भएको छ । यसका लागि फागुन ३० गतेको प्रदेश सभा बैठकले मतदान प्रक्रियाको कार्यसूची तय गर्ने जनाइएको छ ।
सत्तारुढ दल राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशको नामाकरणबारे सर्वसम्मतिको प्रयास विफल भएकोले मतदान प्रक्रियामै जान लागेको बताए ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ को नामाकरणमा प्रतिपक्ष सहमत नभएपछि मतदान प्रक्रियामा जान लागेको बताए ।
प्रदेश २ मा समाजवादीका तर्फबाट ३०, राजपाका २५ सांसद छन् भने प्रमुख प्रतिपक्षी नेकपाका ३२, कांग्रेसका १९ र एकजना स्वतन्त्र सांसद छन् । प्रदेशको राजधानी भने जनकपुरधाम बनाउने निर्णय यसअघि नै भैसकेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्