पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-५ मा झरेको सुख्खा पहिरोका कारण १६ घरपरिवार विस्थापित भएका छन्।
वडाअध्यक्ष भरत खपांगीले पहिरोमा परी ३३ घर उच्च जोखिममा रहेकाे बताउनुभएकाे हाे।लुमाङदिनका १०, सिरिसेका ५ र लेवदम्बाका १ गरी कूल १६ घरपरिवार विस्थापित भएकाे उहाँकाे भनाइ छ। २०८० सालमा गएको भीषण वर्षा-बाढी र पहिरोका कारण थथरकिएको जमिनमा एक्कासी सुख्खा पहिरो झरेको थियो । विस्थापित भएका घर परिवारहरुलाई सिद्ध आ.वि.लुमाङदिनको भवनमा तथा छिमेकी आफन्तकोमा घरमा बस्ने ब्यवस्थापन मिलाइएको अध्यक्ष त खपांगीले बताउनुभयो ।
फालेलुङ गाउँपालिका, वडा पालिका तथा जिल्ला विपद् ब्यवस्थापन समितिको अगुवाईमा उनीहरुलाई सुरक्षित स्थानतर्फ सारिएको तथा राहात समेत वितरण गरिएको फालेलुङ गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताउनुभयो । जिल्ला विपद् ब्यवस्थापन समिति पाँचथरले सोमबार स्थलगत अनुमन पश्चात प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले उनीहरुलाई सुरक्षित बसोबास स्थलतर्फ सारिएको बताउनुभएकाे छ।
त्रिपाल र खाद्यन्न लगायतका सामाग्री वितरण गरिएको समेत उहाँले जानकारी दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्