Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


तरलता समस्या समाधानतिर: १२ अर्ब निक्षेप संकलन १२ अर्ब नै कर्जा वितरण


546
Shares

काठमाडौं । आर्थिक वर्ष सुरु भएदेखि यता लगातार रूपमा भइरहेको लगानीयोग्य पुँजीको अभाव अर्थात् तरलताको समस्या समाधान हुने संकेत देखिन थालेको छ। फागुनको तेस्रो सातामा आएर वाणिज्य बैंकहरूमा निक्षेप संकलन बढेपछि तरलता समस्या समाधान हुने संकेत मिलेको हो ।

बैंकहरूले निक्षेपमा ब्याज बढाएपछि र राष्ट्र बैंकले पनि नीतिगत व्यवस्थापन गरेपछि बैंकहरूमा तरलता बढ्न थालेको हो । गत साता निक्षेपमा राम्रै सुधार देखिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत फागुन १५ देखि २० गतेसम्ममा १२ अर्ब निक्षेप बढेको छ भने १२ अर्ब नै नेपाली मुद्रामा कर्जा लगानी भएको छ ।

यद्यपि, विदेशी मुद्राको निक्षेप र कर्जालाई आधार मान्ने हो भने जति कर्जा लगानी भएको छ त्योभन्दा दोब्बरले निक्षेप वृद्धि भएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार फागुन १३ गतेसम्म बैंकहरूमा कुल ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । फागुन २० गतेसम्म भने ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप देखिएको छ । अर्थात् एक सातामै ११ अर्ब रुपैयाँले निक्षेप थपिएको छ । सोभन्दा अघिल्लो सातामा जम्मा १ अर्ब मात्र निक्षेप थपेको थियो । फागुनको पहिलो सातामा पनि १ अर्ब मात्र निक्षेप थपेको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।