Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


धनकुटामा चार करोड बढीको लगानीमा बन्ने मेडिकल कलेजको काम अघि बढेन


0
Shares

धनकुटा । प्रदेश एक सरकारले धनकुटामा स्थापना गर्ने भनिएको मेडिकल कलेजको काम अघि बढ्न सकेको छैन ।

चालू आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रममा चार करोड रुपैयाँ विनियोजन गरी धनकुटामा प्रदेश सरकारले स्थापना गर्ने मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको थियो ।

तर आर्थिक वर्षको ८ महिना बित्न लाग्दासमेत काम अघि बढ्न सकेको छैन ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको अनुरोधमा शिक्षण अस्पताल सञ्चालनका लागि जग्गाको सिफारिस गर्न अनुरोध गरेपछि प्रमुख जिल्ला अधिकारीसहितको जग्गा सिफारिस समितिले जग्गाको खोजी गरेर जग्गा सिफारिस गरेको पनि तीन महिना बित्न लागेको छ ।

कलेज स्थापनाका लागि रेशम खेती विकास तथा चुलिवनस्थित नेपाल ट्रष्टको नाममा रहेको जग्गा सिफारिस गरेर पठाइसकेको धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरेले जानकारी दिए ।

दुइमध्ये कुनैपनि जग्गामा अस्पताल निर्माणको लागि स्वीकृति आइसकेको छैन ।

जग्गाको टुङ्गो लागि नसकेकाले काम अघि बढ्न नसकेको न्याय प्रसाशन तथा विधान समितिको संयोजक तथा धनकुटा ‘ख’ का प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीले जानकारी दिए ।

प्रदेश सरकारले धनकुटामा एक सय शैयाको शिक्षण अस्पताल निर्माण गर्न लागेको हो ।