२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


चीन, इरान, जापान, इटली र कोरियाका नागरिकले आफ्नो दुतावासको सिफारिस विना भिसा नपाउने


0
Shares

रसुवा । अध्यागमन कार्यालयले सम्बन्धित देशको राजदुतावासबाट भिसा लिएर आएमा मात्र आवतजावत गर्न पाइने बताएको छ ।

कोरोना भाइरसको संक्रमण दर बढी भएका पाँच देशका नागरिकहरुले स्थल मार्ग भएर नेपाल र चीन आवतजावत गर्न चाहेमा सम्बन्धित देशको दुतावासबाट भिसा लिएर आएमा मात्र आवत जावत गर्न पाउने भएका हुन् ।

चीन, इरान, जापान, इटली र कोरिया यी पाँच देशका नागरिकहरुको हकमा मार्च १० बाट रसुवागढी नाका भएर आवत जावत गर्न चाहनेले दुतावासबाट भिसा लिएर आएमा मात्र आवत जावत गर्न सक्ने रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डरीले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण दर बढी रहेका ५ देशका नागरिकलाई भिसा अनएराइभल केही समयका लागि रोक लगाउने अध्यागमन विभागले सूचना जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसैगरी आवतजावत गर्न चाहने व्यक्तिले कोरोना भाइरसको स्वास्थ्य परीक्षण गरेको र स्वस्थ्य रहेको प्रमाण पत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि एक महिना यता रसुवागढी नाकाबाट आवत जावत तथा आयात–निर्यात ठप्प भएको छ  ।