२ असार २०८१, आइतबार | Sun Jun 16 2024


अल-हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको शिलान्यास


247
Shares

काठमाडौं । युवाहरुलाई सिपमुलक तालिम दिने उद्देश्यका साथ अल-हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको निर्माण हुने भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ४ टुसालमा निर्माण हुन लागेको अल-हैल व्यवसायिक तालिम तथा सांस्कृतिक भवन केन्द्रको बिहीबार शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शिलान्यास गर्नुभएको हो ।

नेपालस्थित कतारी राजदूत युसुफ महम्मद अल हैलको विशेष पहलमा कतार च्यारेटीले करिब ४ करोड रुपैयाँ लगानीमा सो भवन निर्माण गर्न लागेको कतार च्यारेटीका नेपाल डाइडेक्टर इरसाद अली शेखले बताउनुभयो ।

सो भवन निर्माणका लागि समाजसेवी सुलेमान गुरुङले २३ आना जग्गा दान गर्नुभएको उहाँले जानकारी दिनुभयो । भवन निर्माण भएपश्चात युवाहरुलाई विभिन्न सिप विकास तालिम तथा क्षमता अभिवृद्धि तालिमहरु दिइने उहाँले बताउनुभयो ।

भवन शिलान्यास गर्दै शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भवन निर्माणको कामले सफलता र गति प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जग्गा दान गर्ने समाजसेवी गुरुङलाई सम्मान पनि व्यक्त गर्नुभयो ।

सो भवन एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जनाइएको छ ।