Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


राष्ट्रिय गौरवको आधा दर्जन आयोजना : एक दशकमा आधा पनि छैन भौतिक प्रगति


78
Shares

काठमाडौं । सरकारले विभिन्न सडकलगायत विकाससम्बन्धी आयोजनालाई राष्ट्रियको गौरवको आयोजनामा राखेर निर्माण गर्दै आए पनि तीनै राष्ट्रिय गौरवका आयोजनाको प्रगति भने निराशाजनक देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडकसम्बन्धी आधा दर्जन राष्ट्रिय गौरवको आयोजनाको प्रगतिले सन्तोषजनक अवस्था देखाएको पाइँदैन ।

मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण (कोसी, कालीगण्डकी, कणाली कोरिडोर) लोकमार्गलगायत गौरवका आयोजनाको निर्माण कार्य धिमा गतिमा मात्र बढिरहेको पाइएको हो । प्रधानमन्त्री कार्यालयका प्रवक्ता महादेव पन्थ सम्बन्धित आयोजना, मन्त्रालय, योजना आयोगका साथै अर्थ मन्त्रालयबाट पनि राष्ट्रिय गौरवका आयोजनालाई छिटो काम सम्पन्न गराउन अनुगमन तथा समन्वयकारी भूमिका हुँदै आएको बताउँछन् । ‘यो प्रधानमन्त्री कार्यालयको पनि एउटा अनुगमनको पाटो हो, हामीले पनि अनुगमन गर्ने, समन्वय गर्ने काम गर्दै आएका छौं,’ उनले राजधानीसँग भने ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार कार्यालयले जति महत्व दिएर चासो दिनुपर्ने हो त्यो भने भएको छैन । यो विषयमा दोस्रो त्रैमासिक अवधिसम्म राष्ट्रिय गौरवका आयोजनाका विषयमा प्रधानमन्त्री कार्यालयले देखिनेगरी काम गरेको पाइएको छैन । ‘प्रधानमन्त्रीज्यूले पनि यो विषयमा खासै चासो देखाएको पाइँदैन, त्यहीँ भएर पनि जति गति लिनुपर्ने हो त्यो नभएको हुन सक्छ,’ स्रोतले भन्यो ।अघिल्लो सरकारको पालामा प्रधानमन्त्री कार्यालयबाट नै राष्ट्रिय गौरवको आयोजनाको अनुगमन हुने गरेको थियो । प्रधानमन्त्री कार्यालयकै अगुवाइमा पटकपटक छलफल तथा अनुगमन हुने गरेकोमा वर्तमान सरकारको पालामा भने सेलाएको पाइएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।