-उपेन्द्र खनाल/ ईमेज
तनहुँ । घिरिङ गाउँपालिकाअन्तर्गतको नयाँटारमा वषौँदेखिको खानेपानीको समस्या अझै हल हुन सकेको छैन ।
खानेपानी जोहो गर्न लागि दैनिक घण्टौँ खर्चिनुपर्ने भएकाले स्थानीयवासीले कष्ट भोग्दै आएका छन् ।
खानेपानीको अभावका कारण तनहुँको घिरिङ गाउँपालिका ४ स्थित नयाँटारका स्थानीय हैरान भएका छन् ।
दुईवटा कुवामा संकलित पानी गाउँभरी पु¥याउनुपर्ने भएकाले उनीहरुले ठूलो समस्या भोग्दै आएका छन् ।
कुवामा पर्याप्त पानी संकलन नहुँदा एक गाग्रा पानी भर्नका लागि पनि घन्टौँ कुर्नुपर्ने बाध्यता छ ।
पिउनेबाहेकको प्रयोजनमा भने उनीहरुले खोल्साको पानी प्रयोग गरिरहेका छन् ।
खानेपानीको समस्याले यस क्षेत्रका एक सय घरधुरीको जीवनयापन निकै कष्टकर बनेको छ ।
पछिल्लो समय वन विनाशको क्रम बढ्दै गएकाले पानीका मुहानहरु सुक्ने क्रम बढेको वातावरणविद्ले बताइरहेका छन् ।
खानेपानीको संकलन गर्दागर्दैमा धेरै समय खर्चिने भएकाले अभिभावकसँगै विद्यार्थीहरु पनि मारमा परेका छन् ।
बिहान उठ्नेबित्तिकै कुवामा पानी भर्न जानुपर्ने र समय व्यर्थैमा खर्च हुने भएकाले पढाइमासमेत प्रभाव परेको हो ।
खानेपानी समस्याको समाधानका लागि वडा कार्यालयले पनि पानीको स्रोत खोजीरहेको जनाएको छ ।
पानीकै समस्याका कारण वर्षौँदेखि कष्टपूर्ण दैनिकी गुजारेका यस क्षेत्रका स्थानीयको समस्या सम्बोधन गर्न भने तीनै तहका सरकारले खासै चासो देखाउन सकेका छैनन् ।









प्रतिक्रिया दिनुहोस्