Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


इन्धनको मूल्य बढ्दा पनि निगमलाई १५ दिनमा तीन अर्ब घाटा


1.6k
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा परेको छ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउन लागेको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) १ मार्चमा पठाएको नयाँ मूल्य बढेर आएकाले फेरि मूल्य बढ्न लागेको हो । आइओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटरमा ३ रुपैयाँ ८९ पैसा, डिजेल ३ रुपैयाँ ८ पैसा, मट्टितेल १० रुपैयाँ ३० पैसा, हवाई इन्धनमा ३ रुपैयाँ ३२ पैसा र खाना पकाउने एलपीजी ग्यास ९९ रुपैयाँ १७ पैसा मूल्य बढेर आएकाले १५ दिनमा ३ अर्ब ९ करोड घाटा हुने निगमको भनाइ छ ।

निगमलाई १५ दिनमा सबैभन्दा धेरै डिजेलमा १ अर्ब ३९ करोड ५४ लाख, खाना पकाउने ग्यासमा १ अर्ब २६ करोड २७ लाख रुपैयाँ घाटा रहेको निगमले जानकारी दिएको छ । मट्टितेल र हवाई इन्धनमा निगमलाई नाफा रहेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।