काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे केपी ओलीले भ्रम सिर्जना गरेको आरोप लगाएका छन्।
एमसीसीबारे जेजे भ्रम उत्पन्न भएका छन्, ती सबै ओली, उनको नेतृत्वको सरकार र त्यसका मन्त्रीहरूबाट सिर्जना गरिएको नेपालको आरोप छ। उनले ओलीमा नक्कली राष्ट्रवाद हावी रहेको आरोपसमेत लगाए।
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गरेको एक घण्टापछि पत्रकार सम्मेलन गरेर नेपालले भने, ‘म दाबीका साथ भन्न सक्छु, केपी ओलीमा देशभक्तिको भावना छँदैछैन, कम्युनिस्ट हुन लायक छैनन्, तर्कको मैदानमा, तर्क प्रस्तुत गर्ने ठाउँमा आउनुस्,’ नेपालले ओलीलाई चुनौती दिँदै भने। ओलीमा आफूमाथि कसैले प्रश्न खडा गरे समाप्त पारिदिने आपराधिक सोच रहेको नेपालले बताए। ‘आफूमाथि कसैले प्रश्न खडा गर्छ भने उसलाई कसरी समाप्त पारिदिने भन्ने उहाँले सोच्नुहुन्छ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्