Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


धरान–मुलघाट सुरुङ मार्ग अलपत्र, सम्भाव्यता अध्ययन गर्ने काम सम्म भएन


0
Shares

धनुकटा । प्रदेश नं. १ सरकारको उच्च प्राथमिकतामा परेको धरान–मुलघाट सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने कार्य अझैं सुरु हुन सकेको छैन ।

प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६-०७७ को वार्षिक नीति तथा कार्यक्रममा सुरुङ मार्ग वनाउने कार्यलाई उच्च प्राथमिकताका साथ समेटेको थियो ।

धरानदेखि मुलघाटसम्म निर्माण हुने सुरुङमार्गका लागि सम्भाव्यता अध्ययन गर्न प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्दा प्रदेश भरी नै चर्चाको विषय बनेको योजना चालू आर्थिक वर्षको आठ महिना बित्दासमेत सुरु नहुँदा स्थानीय निराश छन् ।

कोशी राजमार्गको धरान–धनुकटा सडक खण्ड ५२ किलोमिटरको दुरीमा रहेको छ । सुरुङ मार्ग बनेमा धरान–धनकुटा करिब ३५ किलोमिटरको दुरी हुने जनाइएको छ ।

सम्भाव्यता अध्ययन गर्न १० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी इन्जिनियर ओमप्रकाश साहले कार्यविधि नहुँदा सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया नबढेको जानकारी दिए ।

सुरुङ मार्ग बन्दा कोसी पहाडी जिल्लासँग तराइ जोड्ने दुरी छोटिनुका साथै धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथमु मात्र नभइ पाँचथर, ताप्लेजुङका स्थानीयलाई पनि प्रदेश राजधानी पुग्न छिटो र सहज हुने छ ।