Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


स्थानीय तहमा करार कर्मचारीको भीड


286
Shares

काभ्रे । स्थानीय तहमा जुन राजनीतिक दलको नेतृत्व छ, उसका कार्यकर्तालाई कर्मचारी बनाएर भर्ती गर्ने प्रवृत्ति बनेको छ । काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहमा ऐनविपरित ७ सय ८३ कर्मचारी करारमा नियुक्त गरिएकाले यो प्रवृत्ति पुष्टि हुन्छ ।

जिल्लामा नियुक्त भएका १३ वटा पालिकाका ७ सय ८३ करारका कर्मचारीहरुको मासिक सरदर तलबमा मात्रै १ करोड ९५ लाख ७५ हजार खर्च हुने गरेको छ । वार्षिक २४ करोड भन्दा धेरै रकम करारका कर्मचारीका लागि खर्च गरेका स्थानीय तहहरुले हरेक वर्ष करारलाई प्राथमिकतामा राख्ने गरेका छन् । चार वर्षमा झण्डै १ अर्ब रुपैयाँ करारका कर्मचारीका लागि भुक्तानी गरिएको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

स्थानीय तहलाई परेको आर्थिक चार रोक्न संघीय कानून तत्काल जारी हुनुपर्नेमा स्थानीय तहका प्रमुखहरुले जोड दिएका छन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।