
काठमाडौं, फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्रा. डा. प्रेम ज्ञवालीको टोलीले गर्ने भएको छ ।
मिर्गौला प्रत्यारोपणका लागि आज महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्रीको उपचारमा डा. ज्ञवालीसँगै प्रधानमन्त्रीका निजी चिकित्सक मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह, डा. सुवास आचार्य र नर्सिङतर्फ पुनम सिंह रहने अस्पताल स्रोतले जनाएको छ ।
यस्तै, प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि भारतको अपोलो अस्पतालका डा. अनन्त कुमार र उनीसँगै थप एकजना चिकित्सक पनि प्रधानमन्त्रीको उपचार टोलीमा सहभागी हुने बताइएको छ ।
प्रधानमन्त्रीका निजी चिकित्सक कलेजोरोग विशेषज्ञ डा. दिलिप शर्मा, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला पनि उपचारमा संलग्न हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्