
काठमाडौं, फागुन १८ । सरकारले चीनका लागि नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिश गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले बेइजिङमा हाल राजदूत रहेका लीलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई पठाउने निर्णय गरेको एक मन्त्रीले बताए ।
बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम सिफारिश गरेका थिए भने प्रधानमन्त्री केपी ओलीले मौन सहमति जनाएका थिए ।
ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला पनि पाण्डेलाई राजदूतमा सिफारिश गरिएको थियो । तर ओली सरकार ढलेकाले पाण्डे राजदूत बन्न पाएका थिएनन् ।
बैठकले राजदूत पौडेललाई भने १५ दिनभित्र नेपाल फिर्ता हुन निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्