Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


दीर्घरोगी र खोप नलगाउनेहरू कोरोना संक्रमणको जोखिममा


195
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ओरालो लाग्दै गएको भए पनि कोरोना पूर्ण रूपमा निर्मूल भने भईनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्नुहुन्छ– ‘कोरोना संक्रमण केही मत्थर भएको र युटर्न भएर पहिलाको जस्तो महामारीको अवस्थामा नआउला । खोप लगाउने क्रम पनि जारी छ, नयाँ स्वरूप आए पनि दोस्रो लहरको जस्तो सम्भावना कमै देखिन्छ ।’

अहिलेको मुख्य चासो भनेको जो पहिला संक्रमणमा नपरेका, दीर्घरोगी, खोप लगाउन छुटेका व्यक्तिहरूलाई खतरा हुने हो कि भन्ने छ । ओमिक्रोन भेरियन्टले युटर्न लिन सक्ने सम्भावना भने आफूले नदेखेको डा. पुन बताउनुहुन्छ ।

यता कोरोना संक्रमण मत्थर भएसँगै संसद् चालु गर्ने, एमसीसी जसरी पनि पारित गराउने र अहिलेकै अवस्थामा पारित गर्नुहुन्न भन्ने दुई पक्षको विवादले माइतीघरदेखि बानेश्वरसम्मको सडक युद्धभूमिजस्तै बनेको छ । सडकमा युवा शक्ति र प्रहरीबीच हरेक दिने हुने भीडले कोरोनालाई पुनः बिउँझाउने त हैन भन्ने अर्को त्रास भने पुनः सिर्जना भएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।