
हेटौंडा, फागुन १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको अक्षमताका कारण मुलुक नीतिगत र संस्थागत भ्रष्टाचारमा डुबेको बताएका छन् ।
हेटौंडामा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले काण्डै काण्डमा फसेको दुई तिहाइको दम्भमा रहेको सरकार आफैं समस्यामा पर्दै गएको बताए ।
पदमा बसेर ७० करोड कमिसनको खेलमा लागेका तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाको ढाकछोप गर्न प्रधानमन्त्री ओली नै लागेको आरोप पनि उनले लगाएका थिए ।
पार्टीभित्र रहेको मतभेदप्रति लक्षित गर्दै नेता पौडेलले सभापति देउवाको प्रवृति र नीतिले व्यक्तिले पद र पैसामा तागत बढाएकोले आफ्नो असहमति रहेको बताए ।
कार्यक्रममा महामन्त्री शंशाक कोइराला, केन्द्रीय सदस्य प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. रामशरण महतलगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्