
काठमाडौं, फागुन १८ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय र लोकतान्त्रिक बनाउन भरतमोहन अधिकारीले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।
अर्थमन्त्री हुँदा अधिकारीले निजी, सहकारी र सार्वजनिक क्षेत्रलाई बलियो बनाउन ल्याएको तीन खम्बे नीतिको आवश्यकता अहिले अझ बढेको उनको भनाई थियो ।
कार्यक्रममा राप्रपा संयुक्तका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पार्टीलाई जनतासँग जोड्ने इमान्दार राजनीतिक व्यक्तित्व भएको भन्दै भरतमोहनको स्मरण गरेका थिए ।
कार्यक्रममा हाम्रो नजरमा भरतमोहन अधिकारी नामक पुस्तकको समेत विमोचन समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्