३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


नेकपा अध्यक्ष दाहालमाथि जुत्ता प्रहार


0
Shares

काठमाडौं, फागुन १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालमाथि सार्वजनिक स्थलमा जुत्ता प्रहार भएको छ ।

राजधानीको राष्ट्रियसभा गृहमा भएको नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो ।

यद्यपि प्रचण्डलाई जुत्ताले भने लागेन । जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका युवा रतन किरुवा हुन् । २२ वर्षे रतन पूर्व माओवादी कार्यकर्ता भएको बताइएको छ ।

उनलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ । नेताहरु सुविधाभोगी भएको भन्दै पूर्व लडाकुहरु असन्तुष्ट हुँदै आएका छन् । यसअघि पनि दाहालमाथि विभिन्न कार्यक्रममा जुत्ता चप्पल प्रहार हुँदै आएको थियो ।