४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


सुन तोलामा १२ सयले घट्यो


0
Shares

काठमाडौं ।  सुन आज तोलामा एक हजार २ सय रुपैयाँ घटेको छ ।

केही दिनदेखि निरन्तर उकालो लागेको सुनको भाउ शुक्रबारदेखि घट्न थालेको हो ।

आइतबार छापावाल सुन प्रति तोला ७८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रति तोला ७९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन पनि प्रति तोला ७७ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

यसअघि सुन तोलाको ८० हजार ३ सयसम्म पुगेको थियो ।

कोरोना भाइरसका कारण निरन्तर बढेको सुनको भाउ केही दिनयता घटेको महासंघले जनाएको छ ।