
काठमाडौं । मरु टोलमा आज कन्याहरुको बेल विवाह गरिएको छ ।
केन्द्रीय मानन्धर संघको आयोजनामा नेवारी परम्परा अनुसार भएको बेल विवाहमा ३० जना कुमारीहरुको सहभागिता रहेको थियो ।
बागमती प्रदेशका सांसद बसन्त कुमार मानन्धरको संयोजकत्वमा संघले पांचौ पटक बेल विवाह कार्यक्रम आयोजना गरेको हो ।
सांसद मानन्धरले नेवार समुदायको परम्परा जोगाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।
प्रतिक्रिया दिनुहोस्