
काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस विश्वका ५० मुलुकमा पुगिसकेको छ ।
चीनमा २८ सय ३५ को मृत्यु भएको छ भने ७९ हजार दुई सय ५७ संक्रमित छन् ।
पछिल्लो दिन दक्षिण कोरिया, इटाली, जापान र इरानमा संक्रमण दर बढिरहेको छ ।
कोरियामा गत साता चर्चमा एक व्यक्तिमा पुष्टि भएकोमा शनिबारसम्म संक्रमित तीन हजार एक सय ५० पुगेका छन् ।
शुक्रबार पाँच सय नयाँ संक्रमित देखिएकामा शनिबार आठ सय ३१ भेटिएका छन् । १७ को मृत्यु भएको छ ।
दक्षिण कोरियामा ४० हजारभन्दा बढी नेपाली बस्छन् । इटालीमा आठ सय ८९ जनामा संक्रमण देखिएको छ, २१ को मृत्यु भएको छ ।
त्यस्तै इरानमा तीन सय ८८ मा संक्रमण पुष्टि भएको छ । ३४ जनाको ज्यान गएको छ । जापानमा दुई सय ३५ संक्रमित भएकोमा पाँचजनाको मृत्यु भएको छ । नयाँ पत्रिका दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस्