Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


चिटिक्क बन्दै नारायणहिटी संग्रहालय


130
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले नारायणहिटी दरबार संग्रहालयलाई चिटिक्क पार्न निर्देशन दिएपछि त्यहाँका कर्मचारीले रङ रोगनदेखि चुहिएको मर्मत, लाइटिङ सिस्टम र बगैंचा सफाइको काम शुरू गरेका छन् ।

नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएपछि समितिको जिम्मेवारी पाएका मन्त्रालयका सहसचिव डा. सुरेशसुरस श्रेष्ठले नारायणहिटी दरबार संग्रहालयमा रोकिएका सबै काम शुरू भएको बताउनुभयो ।

बतास समूहलाई रेस्टुरेन्ट भाडामा दिँदा विवादमा मुछिएका तत्कालीन कार्यकारी निर्देशक दाहालको राजीनामापछि सरकारले अर्को व्यवस्था नभएसम्मको लागि जिम्मेवारी लिएका सहसचिव डा. श्रेष्ठले संग्रहालयलाई पूर्णरूपमा सफाइ गरी पर्यटकको आगमनलाई वृद्धि गर्ने लक्ष्य लिएको बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।