Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


एमसीसी पास गर्न मोडालिटी बनाउँदै कांग्रेस–एमाले


2.4k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एमसीसीलाई अघि बढाउनेसहितका मुख्य चार विषयमा ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ ।

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा अमेरिकी सहयोग परियोजना संसद्बाट रणनीतिक योजनाबाट पास गर्नेसहितका विषयमा ‘वान टु वान’ वार्ता भएको थियो ।

सो भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सत्तारुढ दलमा नै एमसीसीका विषयमा फरक मत रहँदै गर्दा नै सरकारले संसद्मा एमसीसी टेबल गरेको र पास गर्नैपर्ने दबाब आफूमाथि रहेको भन्दै सहयोेगका लागि ओलीसँग आग्रह गरेका थिए ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।