Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


कांग्रेसले सर्त माने एमालेले सघाउने


2.4k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली कांग्रेस तयार भए एमसिसी अनुमोदनमा सघाउने संकेत गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूसँग पटकपटक भएका संवादपछि एमालेले सभामुखविरुद्ध महाभियोग ल्याए संसद् अवरोध हटाउनुका साथै एमसिसी पारित गर्न सहयोग गर्ने संकेत गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका नेताहरू र एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरूबीच एमसिसीलाई लिएर पटकपटक वार्ता भएको छ।

एमालेले संसद्को अवरोध हटाउन सभामुखबाट सापकोटाको बहिर्गमन वा पार्टीले कारबाही सिफारिस गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने सर्त राखेको छ। कांग्रेसले सभामुखको बहिर्गमनबारे सोच्न सकिने जवाफ दिएपछि एमालेले पनि सकारात्मक संकेत दिएको स्रोतको दाबी छ। ‘हाम्रा माग सम्बोधनका विषयमा कांग्रेसले सकारात्मक प्रतिक्रिया दिएको छ,’ एमालेका एक उच्च नेताले भने।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

Skip This