Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


वायुसेवा निगमको जहाजमा २१ जना सित्तैमा जापान


0
Shares

काठमाडौं । दैनिक ५३ लाख रुपैंयाँ घाटा ब्यहोर्दै आएको र ४० अर्बको ऋणमा डुबेको नेपाल वायुसेवा निगले सोमबार जापानको नारिताका लागि गर्न लागेको उडानमा २१ जनालाई ‘औचित्यबिना’ लैजाने भएको छ ।

उनीहरु सबैको आतेजाते टिकट, भिसा शूल्क, होटल खर्च, दैनिक भ्रमण भत्ता निगमले ब्यहोर्ने छ । निगमले यसमा न्यूनतम २५ लाख रुपैंयाँ लाग्ने भनेको छ ।

निगमका एक निर्देशकका अनुसार संचालक समिति सदस्य तथा सांसदलाई दैनिक १ सय १० डलर भत्ता, जापान बसाइमा प्रतिकोठा दैनिक १ सय १२ डलर, आउनेजाने हवाई टिकट, कार्यक्रमलगायतको खर्चको बिल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमलाई बेहोर्न भनिएको छ ।

‘सांसदहरुलाई एकतर्फी १ लाख रुपैंयाँ हाराहारी पर्ने बिजिनेस श्रेणीको सिटमा लैजाने भनिएको छ’, निगमको बाणिज्य विभागका एक कर्मचारीले भने, ‘तर यताबाट जाँदा सबै बिजिनेस श्रेणीका सिट खाली भएकाले भ्रमणमा जाने सबैको सिट ७० हजार रुपैंयाँ पर्ने इकोनमी श्रेणीबाट अपग्रेड गर्ने भनिएको छ ।’ -कान्तिपुर दैनिकबाट