२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


‘नीतिगत सुधार गर्न सकेमात्रै आर्थिक वृद्धिद्धर सम्भव’


0
Shares

काठमाडौं, फागुन १६ । विश्व बैंकले नेपालले नीतिगत सुधार गरेमात्रै लक्षित आर्थिक वृद्धिद्धर सम्भव हुने बताएको छ ।

नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलनको शुक्रबार उद्घाटनका अवसरमा विश्व बैंकको नेपालका लागि देशीय निर्देशक फेरिस हाडाड जर्भोसले नेपालले ७ प्रतिशतमाथि आर्थिक वृद्धि हासिल गर्न थुप्रै नीतिगत सुधार गर्नुपर्ने बताएका हुन् ।

७ देखि ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नको लागि लगानीको वातावरण विश्वासिलो बनाउनुपर्ने तथा नीतिगत सुधार गर्नुपर्नेमा उनले जोड दिएका हुन् ।

सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले भने नेपालले यस वर्ष दोहोरो अंकनजिकको उच्च अंकको आर्थिक वृद्धिद्धर हासिल गर्ने दाबी दोहोर्‍याएका थिए ।

अर्थमन्त्री खतिवडाले मुलुकमा वित्तीय स्थायित्व हुँदै गएको भन्दै आर्थिक वृद्धिदर उच्च नै रहने दाबी गरेका हुन् ।

चालू वर्षको बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएपनि मन्त्री खतिवडाले आर्थिक वृद्धिदर भने उच्च नै रहने दाबी गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायत दातृसंस्थाले नेपालको यो वर्ष आर्थिक वृद्धिदर ६ प्रतिशतको हाराहारीमा रहने प्रारम्भिक अनुमान गर्दै आएका छन् ।

राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले विभिन्न १४ देशका बैंकिङ क्षेत्रका विज्ञहरु सहभागी सम्मेलनले दिगो वित्तीय स्थायित्व तथा नीति निर्माणमा समेत सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।