Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


घरेलु महिला श्रमिक स्वदेश फर्कने बाटो खुल्यो


130
Shares

काठमाडौं । सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रुपमा रहेका नेपाली महिलालाई स्वदेश आएर पुनः फर्कन पाउने व्यवस्था गरेकोछ ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका घरेलु कामदारलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गर्दै महिलालाई स्वदेश फर्कने वातावरण बनाएका हुन् ।

खाडीलगायतका विभिन्न मुलुकमा नेपाली महिलालाई घरेलु कामदारका रुपमा जान प्रतिबन्ध लगाएका कारण वर्षौदेखि ती देशमा काम गरिरहेका महिलाले रोजगारी गुम्ने डरका कारण बिदामा घर आउन पाएका थिएनन् ।
कारोबार