एजेन्सी । नाटोका महासचिव जेन्स स्टोल्टेनवर्गले रुसले युक्रेनमा पूर्ण रुपमा हमला गर्ने योजना बनाएको दाबी गरेका छ ।
स्टोल्टेनवर्गले रुसलाई झूटा बहानामा युक्रेनमा पूर्ण मात्रामा आक्रमण गर्ने योजना बनाएको आरोप लगाएका हुन् ।
रुसले भनेझैं कुनै पनि सेना फिर्ता नगरिएको मात्र हैन नयाँ सेना थपिरहेको समेत स्टोल्टेनबर्गले बताएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।
नाटो प्रमुखले गठबन्धनको स्थापना सन्धिलाई उद्धृत गर्दै पूर्वतर्फ विस्तार नगर्ने आफ्नो वाचा तोडेको चीनको आरोपलाई पनि अस्वीकार गरेका छन् ।
युरोपेली संघमा चिनियाँ मिसनले नाटोको थप विस्तारको विरोध गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्