Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


समाजलाई थप ध्रुवीकरणबाट रोक्न एमसीसी अघि बढाउनु परेको सभामुखको भनाई


507
Shares

काठमाडौं । सभामुख अग्नी प्रसाद सापकोटाले राष्ट्रिय महत्वको विषयलाई संसदमा छलफल गर्नुपर्ने बताउनुभएको छ ।

सोही मान्यतालाई आत्मसात् गर्दै एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबुल गरिएको सभामुख सापकोटाको भनाई छ । आइतबारको प्रतिनिधि सभा बैठकमा उहाँले एमसीसीको नाम नलिई दलका शीर्ष नेताहरु, सांसदहरु, संविधानविद्, कानूनविद्, सञ्चारजगत लगायत सबैको भावनाको सम्मान गर्दै नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न एमसीसी संसदमा अघि बढाउनुपरेको उल्लेख गर्नुभयो ।

विगत लामो समयदेखि जारी अवरोधका कारण संसद सुचारु हुन नसकेको र त्यसबाट राज्य सञ्चालनका सम्पूर्ण पक्ष र आयामहरुमा प्रभाव परिरहेको सभामुख सापकोटाको भनाई छ । उहाँले राष्ट्रिय महत्वका विषयवस्तुहरुलाई छलफलमा ल्याई निष्कर्षमा पुग्नुपर्ने अवस्थामा जारी अवरोधले थप प्रतिकुलता सिर्जना गरेको पनि बताउनुभयो ।