Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


रुस युरोपमा ठूलो युद्धको तयारीमा जुटेको प्रधानमन्त्री जोन्सनको आरोप


91
Shares

काठमाडौं । बेलायत प्रधानमन्त्री बोरिस जोन्सनले रुस युरोपमा विश्वयुद्धपछि सबैभन्दा ठूलो युद्धको तयारीमा जुटेको आरोप लगाउनुभएको छ ।

उहाँले बीबीसीसँगको कुराकानीमा रुस युरोपमा सन् १९४५ पछि सबैभन्दा ठूलो युद्धको तयारीमा रहेको दावी गर्नुभएको हो । सम्पूर्ण संकेतहरुले रुसले गरेको तयारीको परिणाम देखिन थालेको उहाँको भनाइ छ ।

युक्रेनको राजधानी किभमाथि घेराबन्दी गर्ने गरी आक्रमण गर्ने उद्देश्य रुसको रहेको जासूसी प्रतिवेदनहरुले दिएको पनि प्रधानमन्त्री जोन्सनले बताउनुभयो । आक्रमण बेलारुसको बाटो हुँदै पनि हुनसक्ने भन्दै उहाँले यसबाट युक्रेनले मात्र नभई रुसले पनि ठूलो संख्यामा आफ्ना नागरिक गुमाउनुपर्ने बताउनुभयो ।

युक्रेनको सीमानामा रुसले करिब एक लाख ९० हजारसम्मको संख्यामा सैनिक तैनाथ गरेको दावी अमेरिकाले गरिरहेका बेला प्रधानमन्त्री जोन्सनको यो भनाइ आएको हो ।