Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा तयार, छिट्टै देशव्यापी बनाउने सरकारको तयारी


0
Shares

काठमाडौं । सरकारले भारतद्धारा अतिक्रमण गरिएका लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ ।

भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्मकुमारी अर्यालले भारतद्धारा मिचिएको लिम्पयाधुरा, लिपुलेकलगायत नेपाली भूमि समेटेर नयाँ नक्सा तयार पारिएको जानकारी दिइन् ।

नेपालको हालको नक्सामा भारतद्धारा मिचिएका ती भूमिलाई समावेश नगरिएकाले नागरिकस्तरबाट सरकारको कडा आलोचना हुँदै आएपछि सरकारले ती भूमि समेटेर नयाँ नकसा तयार पारेको हो ।

नेपालको नक्सामा ती भूमिलाई समावेश गरी मिचिएको भूमि फिर्ता गर्ने अभियानमा सरकार अघि बढेको भूमि व्यवस्थामन्त्री अर्यालले बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापनी नेपाली भूमि नै भएकाले त्यसलाई फिर्ता गर्ने विषयमा भारतीय पक्षसँग कुटनीतिक पहल थालिएको बताउँदै आएका छन् ।

सरकराले तयार पारेको यो नक्सालाई संघ, प्रदश, स्थानीय तहका सै कार्यालय तथा विद्यालयमा पठाउने तयारी गरिएको छ । राजधानी दैनिकबाट ।