काठमाडौं । नेपालमा अमेरिकी सहायता नियोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) नेपाल कम्प्याक्टको कार्यान्वयनको विषयलाई लिएर दुई शक्ति राष्ट्र अमेरिका र चीन वाक्युद्धमा उत्रिएका छन्।
अमेरिकासँग सन् २०१७ मा भएको एमसिसी सम्झौता कार्यान्वयनमा ढिलाइ हुँदै जाँदा हालै मात्र अमेरिकाले एमसिसी कार्यान्वयन गर्ने वा नगर्ने विषयमा यथाशीघ्र निर्णय गर्न नेपालको राजनीतिक नेतृत्वसँग आग्रह गरेको थियो। पछिल्लोपटक माघ २७ गते दक्षिण एसिया तथा मध्य एसियासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर एमसिसीबारे यथाशीघ्र निर्णय गर्न आग्रह गरेका थिए।
नेपाली नेताहरूसँगको कुराकानीमा लुले एमसिसी पास नगरे अमेरिकाले नेपालसँगको सम्बन्धमा पुनर्विचार गर्ने चेतावनी दिएको तथ्य सार्वजनिक भएको थियो। माओवादी केन्द्रका अध्यक्ष दाहालले एक टेलिभिजन अन्तर्वार्तामा लुले धम्कीपूर्ण भाषा प्रयोग गरेको बताएका थिए। नेपालस्थित अमेरिकी दूतावासले भने लुले नेपाली नेताहरूलाई कुनै धम्की नदिएको स्पष्ट पारेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार अमेरिकी अधिकारीको भनाइ भनी सार्वजनिक रिपोर्टबारे जानकार रहेको बताएका छन्। मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा वाङले नेपालको आर्थिक विकास र नेपाली जनताको जीवनस्तरमा योगदान पुर्याउन अन्तर्राष्ट्रिय समुदायले गर्ने विकास सहयोगको चीनले स्वागत गर्ने तर यस किसिमका सहयोगले नेपाली जनताको चाहनालाई पूर्ण सम्मान गर्नुपर्ने बताएका छन्। ‘त्यस्ता सहयोगमा राजनीतिक स्वार्थ जोडिनुहुँदैन।










प्रतिक्रिया दिनुहोस्