Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


कोरोना त्रासः कोरियाको डेगुमा नेपालीलाई कम्पनीबाहिर निस्किन रोक


0
Shares

काठमाडौं । दक्षिण कोरियाको १६ सहरमा कोभिड—१९ का बिमारी भेटिएका छन् ।

मंगलबारसम्म नौ सय ५५ संक्रमित भएकामा ११ जनाको मृत्यु भएको छ । २२ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित सहर डेगु हो । त्यहाँ पाँच सय ४३ मा संक्रमण पुष्टि भएको छ ।

संक्रमण बढेपछि नेपाली कामदारलाई बाहिर निस्किन कम्पनीहरुले रोक लगाएका छन् ।

विगतमा होटलमा गएर खाना खाने व्यवस्था थियो, “नेपाली जनसम्पर्क समिति कोरिया डेगु शाखाका पुर्वअध्यक्ष सुरेश खत्रीले भने, अहिले कम्पनीभित्रै प्याकिङ आउने गरेको छ ।”

कोरियालीहरु भने आवतजावत गरिरहेका छन् । बाहिर गएर फर्किने कोरियालीबाट कोरोना संक्रमण हुने त्रासमा नेपाली छन् ।

कतिपय नेपाली कामदार दुइ-तीन महिनाअघि बिदा सारेर घर फर्कने तयारीमा छन् । कतिपयले टिकट नै काटिसकेका छन् ।

कोरिया सरकारले मंगलबारसम्म क्वारेन्टाइनको व्यवस्था गरेको छैन् । डेगुपछि कोरोना प्रभावित सहर हो ख्यङ्बुक ।

त्यहाँ दुइ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । नयाँ पत्रिका दैनिकबाट ।