Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


नेपाल ट्रस्टको जग्गा हडप्नेमाथि कारवाही सुरु


104
Shares

काठमाडौं । सरकारले नेपाल ट्रस्टबाट हडपेर व्यक्तिका नाममा दर्ता गरिएका काठमाडौंका विभिन्न स्थानमा रहेका कुल १ सय ७२ रोपनी १५ आना जग्गा पुनः ट्रस्टमै फिर्ता लयाउने प्रक्रिया सुरु गरेको छ ।

उपप्रधानम्नत्री तथा नेपाल ट्रस्ट सञ्चालक समितिका अध्यक्ष ईश्वर पोखरेलले मंगलबार नेपाल ट्रस्ट सम्पति व्यवस्थापनसम्बन्धी तथ्य विवरण (श्वेतपत्र) सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

व्यक्तिका नाममा रहेका जग्गा फिर्ता गर्ने प्रक्रियास्वरुप अहिले सरकारले त्यसरी हडपिएका जग्गा खरिद बिक्रीमा रोक लगाएको छ ।

यसैगरी सरकारले विभिन्न तरिका अपनाएर नेपाल ट्रस्टको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कार्यमा संलग्न विभिन्न व्यक्तिलाई पनि कारवाही गर्ने भएको छ ।

७ वर्षअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदले ट्रस्टबाट मोहीका नाममा कायम गरिएको काठमाडौंका विभिन्न स्थानमा रहेका बहुमुल्य जग्गा भट्राई ट्रस्टको संरक्षक र पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार अध्यक्ष रहेका बेला व्यक्तिका नाममा पुर्याएइएको थियो ।

भट्टराई नेतृत्वको सरकारले २ कातिक २०६९ मा मन्त्रिपरिषद बैठकबाट निर्णय गरी नेपाल ट्रस्टको जग्गा मोही र उनीहरुक्कोे हकवालाका नाममा नमसारी गरिएको थियो । राजधानी दैनिकबाट ।