Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


गुणस्तरीय पशु स्वास्थ्यका लागि नीति जारी


26
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले राष्ट्रिय पशु स्वास्थ्य नीति ल्याएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप विश्वसनीय एवं गुणस्तरीय पशु स्वास्थ्य सेवाको पहुँच विस्तार गरी स्वास्थ्य पशुपंक्षी तथा स्वच्छ मासुजन्य पदार्थ आपूर्ति गर्ने आधुनिक र प्रविधियुक्त पशु स्वास्थ्य प्रणालीको विकास गर्ने लक्ष्यसहित राष्ट्रिय पशुपंक्षी नीति ल्याएको हो ।

स्वच्छ तथा गुणस्तरीय पशुपन्छीजन्य पदार्थको उत्पादन गरी नेपालाई आत्मनिर्भर बनाउने र खाद्य तथा पोषण सुरक्षामा योगदान पु-याई दिगो आर्थिक विकासलाई लक्ष्य हासिल गर्न टेवा पुग्ने लक्ष्यसहित नीति ल्याएको मन्त्रालयले जानकारी दिएको छ । संघीय संरचना अनुरुप सबै तहमा सार्वजनिक तथा निजी पशु स्वास्थ्य सेवाको सुदृढीकरण गर्दै गुणस्तरीय सेवा विस्तार गर्ने, आर्थिक तथा जनस्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने पशुपंक्षी तथा माछाका रोग एवं समस्याको निदान नियन्त्रण निवारण र उन्मूलन गर्ने नीतिमा उल्लेख गरिएको छ ।

यस्तै मापदण्ड संरचनालगायतको व्यवस्था र पशु कल्याणका आधारभूत सिद्धान्तलाई सुनिश्चित गर्दै स्वास्थ्य पशु तथा स्वच्छ पशुुजन्य पदार्थको उत्पादन र सोको वितरणबाट जनस्वास्थ्यमा प्रवद्र्धन नगर्ने उल्लेख गरिएको छ । पशुपंक्षी क्षेत्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डबमोजिम विश्वसनीय एवं गुणस्तरयुक्त बनाउन नियमनकारी भूमिकालाई प्रभावकारी बनाउने नीतिको उद्देश्य छ ।

कृषकहरूबाट माग भएअनुसार विशेषज्ञ भेटेनरीको सेवाको पहुँच नपुगेको सूचना प्रविधिमा आधारित टेलिभेटनरी मेडिसिन प्रविधि तथा घुम्ती पशु स्वास्थ्य शिविरजस्ता विधिहरूको प्रयोग गरी भेटनरी सेवाको विस्तार गर्ने, पुश रोग निदान प्रयोगशाला सेवाको गुणस्तर निर्धारण गर्न आवश्यक मापदण्ड तयार गरी लागू गर्ने नीतिमा उल्लेख छ ।

कारोबार